पाँचथर । गणतन्त्र दिवसको अवशरमा फिदिम नगरपालिकाले फिदिम माध्यमिक बिद्यालयमा अध्यायनरत ९ जना छात्र-छात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा फिदिम माध्यमिक विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई पठनपाठन प्रति सहयोग पुग्ने र आकर्षित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फिदिम नगरपालिका मेयर मित्रप्रसाल काफ्लेले जानकारी दिए ।
कार्यक्रममा शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम लगायत स्टेशनरी सामान र खेलकुदका सामान प्रदान गरीएको थियो ।