पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय पाँचथरले शनिबार तयार भएर आएका राहादानी वितरण गरिने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले जारी गरेको सूचना अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयले तयार भएर आएका राहादानी वितरण सेवा प्रदान गर्ने छ ।
ब्यस्त नागरिकहरुलाई मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको प्रजिअ मेघबहादुर मग्रान्तीले जानकारी दिए । उन धेरै कर्मचारी, विद्यार्थीलगायत अन्य बारमा ब्यस्त हुने नागरिकको सेवाका लागि शनिबार पनि सेवा दिन सुरु गरिएको बताए ।