पाँचथर । कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ४ दिवसिय ब्याडमिन्टन अम्पायर तालीम सोमबार पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालीम आयोजना गरिएको हो ।
तालीममा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जना सहभागीता रहेको थियो । तालीममा कोशी प्रदेशका तेह्रथुम,मोरङ,खोटाङ र उदयपुर बाहेकका जिल्लाहरुको सभहागिता रहेको थियो । २२ जना ब्याडमिन्टन अम्पायरहरुलाई कोशी प्रदेश ब्याडमिन्टन संघ अब देखि प्राविधिक जनशक्तिको रुपमा प्रयोग गर्ने कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिए ।
तालिममा सहभागीहरुलाई ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर दीपक थापाले प्रशिक्षण गराएका थिए ।