पाँचथर । कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ४ दिवसिय ब्याडमिन्टन अम्पायर तालीम सूरु भएको छ ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालीम आयोजना गरिएको हो ।
तालीममा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जना सहभागी रहेको पाँचथर ब्याडमिन्टन संघले जानकारी दिएको छ । तालीममा कोशी प्रदेशका तेह्रथुम,मोरङ,खोटाङ र उदयपुर बाहेकका जिल्लाहरुको सभहागिता रहेको छ ।
८ गते सम्म चल्ने तालिममा सहभागीहरुलाई ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर दीपक थापाले प्रशिक्षण गराउने छन् ।