पाँचथर । बुधबार बिहान मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालीको भारपामा दुर्घटना परि मृत्यु भएको दुई बालिका एकै घरको दिदी र बहिनी रहेको खुलेको छ ।
मे १ त २९६१ नम्बरको ट्याक्ट दुर्घटनामा परि मृत्यू भएका १३ बर्षिय पुजना सुवेदी र ९ बर्षिय गंगा सुवेदीको एकै घरका दिदि बहिनी रहेको स्थानियहरुले जनाएका छन् । मृत्यु भएकी पुजना जेठि छोरी हुन् । गंगा सुवेदी माइलि हुन् ।
मृतक पुजना र गंगा हिहिहाङ ७ मा रहेको भवानी मा.बि मा अध्ययन गर्ने स्थानियहरुले बताएका छन् । पुजना कक्षा ८ र गंगा कक्षा ४ मा अध्ययन गर्र्ने स्थानियहरुले बताएका छन् ।
स्थानियहरुको अनुसार मृतकका बुबा कमल सुबेदी बैदेशिक रोजगारका लागी मलेसियामा गएका छन् । मृतकका आमा अम्बिका सुबेदि कक्षा १२ को परिक्षाको लागी बिराटनगर गएको उनका छिमिकिले केन्जो खबरलाई जानकारी दिए । अम्बिका बालबिकास केन्द्रमा शिक्षिकाको रुपमा कार्यरत थिइन् ।
बुधबार बिहान डाईभर सिटको छेउमा रहेको रहेका पुजना र गंगा ट्याक्टरबाट झरेपछि ट्याक्टर किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ । उनिहरुको मृत्यु भएपछि चालक भग्दा ट्याक्टर दुर्घटना भएको थियो । चालक भग्दा डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईते भएका छन् । घाईतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
ट्याक्टरमा ११ जना विद्यार्थी चढेकाथिए । तिव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका छन् ।