पाँचथर । नेपाल सरकार शिक्षक सेवा आयोगले मिति २०८० बैशाख २९ गते बसेको बैठकको निर्णयानुसार न्युनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरुबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागी आबेदन २०८० बैशाख ३१ गते खुल्ला गराएको छ । जसका लागी अनलाईन दरखास्त प्रणाली Https://license.tsc.gov.np/ मार्फत आबेदन दिन सकिने छ । तपाइहरु कतिपयलाई त थाहानै छ होला कतिजनालाई यो विषयमा थाहा नहुन पनि सक्छ थाहा नहुनेहरुलाइ यो काम लाग्नेछ ।
अब लागौ कसरी फारम भर्ने भन्ने तर्फ
सबैभन्दा पहिला तपाइको कम्प्युटरमा भएको कुनै पनि ब्राउजर खोल्नुहोस । त्यस ब्राउजरको ट्याबमा Https://license.tsc.gov.np/ टाइप गरेर इन्टर गर्नुहोस । अब त्यसपछि त्यहा देखिएको Account Login/Registerमा क्लिक गर्नुहोस । अब तपाईले पहिलानै अकाउन्ट खोलेर फारम भर्नु भएको छ भने पुरानो Id Password राखेर लगइन गरेर फारम सबमिट गर्दा भइहाल्यो । यदि तपाईले पहिला फारम भर्नु भएको छैन भने Don’t have account? Click here to registerकोClick hereमा क्लिक गर्नुहोस । त्यसपछि Open New Accountभन्ने इन्टरफेस खुल्छ । त्यहा मागेको इमेल, मोबाइल नम्बर, पार्सवड राखेर Register मा क्लिक गर्नुहोस । याद गर्नु पर्ने कुरा तपाइको इमेल अगाडि युज भएको छ भने त्यो नराख्नु होला । त्यस पछि तपाईको मोबाइलमा ६ अङ्कको ओटिपी कोड राख्नु होला त्यसपछि त्यहा देखिएको भ्यारीफाइ बटनमा क्लिक गरेर अगाडी बड्नुहोला ।
अब तपाइको खाता लगइन भइ तपाइ ड्यासबोर्डमा पुग्नु हुन्छ । अब तपाइले व्याक्तीगत विवरण, ठेगाना, पारिवारिक विवरण, शैक्षिक योग्यताको विवरण, तालिमको विवरण पश्चात संलग्न कागजातको विवरणमा तपाईले तपाईको फोटो, दस्तखत, नागरिकताको प्रमाण पत्र, ट्रान्सकिप अपलोड गर्नुहोस अपलोड गर्दा ध्यान दिनु पर्ने कुरा फोटोJPG फर्मेटमा २०० के.वि. भन्दा कम साईजको हुनु प¥यो ।
अब यति भरि सकेपछि तपाई विज्ञापनहरु को हाल खुलेका विज्ञापनहरुमा गई Apply Nowमा क्लिक गर्नुहोस अनि आवेदन दिने तह छान्नुहोस तालिमको प्रकार छान्नुहोस अनि विषय छान्नुहोस त्यसपछि परिक्षा दिने प्रदेश छान्नुहोस र त्यसपछि तपाईले माथि अपलोड गरेका सम्पुर्ण कागजातहरु आउछन ठिक छ कि छैन भनि एकपल्ट रुजु गर्नुहोस ठिक भएमा माथिका सबै विवरणहरु मेरो जानकारीमा सत्य छन् । यदि झुटो फेला प¥र्यो भने, मेरो आवेदन कुनै पनि समयमा रद्ध हुन सक्नेछ भन्ने तथ्यमा सहमत छु । भन्नेमा टिक लगाउनु होस र Submit बटनमा क्लिक गरि तपाईले आवेदन दिन सक्नुहुनेछ । र Submit गरे पछि तपाईलाई भौचर प्राप्त हुनेछ त्यहा दिएको कुनै पनि बैकमा गएर रकम दाखिला गर्न सक्नु हुनेछ ।