पाँचथर– पाँचथरको फिदिम–७ पेमा छोखोर लिङ गुम्बा रानीटामार २०६७ औँ बुद्ध जयन्तीको अवसरमा पाँच दिने विश्वशान्ति पुँजा सम्पन्न भएको छ ।
शुक्रवार बुद्ध जयन्तीको अवसरमा पुँजा समापन भएको छ । बुद्ध जयन्तीको दिन उलेख्य संख्यामा दर्शनार्थीहरु भेला भएका थिए । सो गुम्बाबाट तमु गुम्बासम्म त्रिपिटक बोकेर यात्रा भएको थियो ।
विश्व शान्ति, मानव जाति र सकल प्राणीहरुको कल्याणर्थ पुँजा आयोजना भएको मुल आयोजक समितिका संयोजक प्रतापसिंह तामाङले जानकारी दिए ।
गुरु खेम्पु पाल्देन नुर्बु, लामा गुरु तेन्जिङ गोम्देन लगायतका गुरुहरुबाट त्रिपिटकको पाठ पुँजा र धार्मिक कार्यक्रम भएको थियो ।
गुम्बा परिसर सजाएर राखिएको थियो । पुँजा ठुलो संख्यामा सहभागि उपस्थीत थिए ।