पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युष्निट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पाँचथर सदरमुकाम फिदिम आइ पुगेका छन् । पूवी जिल्लाहरुको भ्रमणमा रहेका ओली झापा, इलाममा पार्टीको कार्यक्रम भ्याउदै फिदिम आइ पुगेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली आज पाँचथर सदरमुकाम फिदिम स्थित आदर्श सरगम होटलमा बस्ने तालीका रहेको छ । शुक्रबार दिउँसो ओलीले तेह्रथुमको दुईवटा कार्यक्रमको उद्घाटन गर्ने तयारी छ ।
शुक्रबार दिनको १२ः३० बजे ओलीले आठराईमा सिटिइभिटीद्धार आयोजित कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसपछि उनले आठराई स्थित सुकेमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको एमालले जनाएको छ । आठराईको कार्यक्रम सम्पन्न पश्चात शुक्रबार बेलुका बास बस्न ओली फिदिम नै आउने योजना तय गरिएको हो ।