पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । फदिम नगरपालिकाको विकास पत्रकारिता पुरस्कारको लागी फिदिम नगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैँयाको कोष स्थापना गरेको हो ।
पुरस्कारका लागि आवश्यक पर्ने ५ लाख रुपैँय फिदिम नगरपालिकाले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउनेछन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा मंगलबार नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटा र दाता फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार फिदिम नगरपालिले पाँचथर शाखालाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि ५ लाख रुपैयाँ उपल्बध गराउने छ । ५ लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष नगरको विकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई कार्यविधि अनुसार छनौट गरी पुरस्कृत गरिनेछ ।
‘हाम्रो नगरको विकास, समृद्धिको विषयर सकरात्मक तथा आलोचनात्मक लेख मार्फत नगर विकासमा कलम चलाउने पत्रकारहरुको हौसलाको लागी पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार महासंघसँग मिलेर यो काम गरेको हुँ, यसले पत्रकारितामा संलग्नहरुको लेखनवृतिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, हस्ताक्षर कार्यक्रममा फिदिम नगरपालिकाका मेयर काफ्लेले भने । उनले पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुबै बढाउनु पर्नेमा जोड दिए ।
‘पत्रकारहरु पुुरस्कारको लागी काम त नगर्ने तर व्यवसयिक हितको लागी दिइने यस्ता पुरस्कारहरुकोले लेखनवृतिका लागि प्रोत्साहन मिल्ने र यस्ता कामको लागी महासंघ सधै सहकार्य गर्न तयार रहेको छ । ’ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले भने ।