पाँचथर । इटहरीमा हुने कोशी प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्डमा सहभागि हुने पाँचथरे खेलाडीको आइतबार बिदाई गरीएको छ ।जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई फिदिममा औपचारीक कार्यक्रमका बिच फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यैपानेले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।
कोशी प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता भोलीबाट कोशी प्रदेशको इटहरीमा सुरु हुँदै छ ।
जिल्ला खेलकुद बिकास समिति पाँचथरको आयोजनामा भएको कार्याक्रममा औं राष्ट्रपती रनिङ शिल्डमा सहभागि हुने पाँचथरे खेलाडीहरुलाइ फिदिम नगरपालिकाले ट्याक सुट समेत वितरण गरेको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले जिल्लामा बढि मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरे ।
इटहरीमा हुने १३ औं रनिङ शिल्डम पाँचथरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरीएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामो बिदाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मोक्तानले जिल्लाको नामलाई अव्वल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए । उनले गत बर्षको तुलनामा सुधारीएको प्रदर्शन गर्न खेलाडिहरुलाई आग्रह गरे ।