पाँचथर– ऋण काढेर कर्मचारी र जनप्रतिनिधि पाल्नुपर्ने वर्तमा अवस्था समान्य नभएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । आर्थिक क्षेत्रमा परेका विभिन्न समस्या राजनीतिक कारणले उत्पन्न भएको उनको भनाई रहेको थियो ।
अहिलेको व्यवस्थाबाट जनताको अवस्था परिवर्तन हुन सक्दैन् भने राप्रपाको निकर्ष बारम्बार पुष्टि भईरहेको उनले बताएका थिए ।
पाँचथर सदरमुकाम फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन । यो व्यवस्था र प्रवृत्ति ठिक छ र छ भन्ने दुई कित्ता विच मुलुकमा संघर्ष चलिरहेको उनको भनाई थियो ।
जनता पटक–पटक नक्कलीका फेला परेको नक्कलीको पछि नलाग्न आग्रह गरेका थिए ।
सरकार गठन र विघटन विदेशमा र विदेशीको स्वार्थमा हुन्छ भनेर सरकारमा रहेका दलकै नेताले भन्न थालेको बताउँदै े ठिक ढङ्गले दबाव सिर्जना गर्न सकेनौं भने देश पतनको जाने दाबि गरे । देशको अवस्था ठिक ढङ्गले अघि बढ्न नसकेको उनको भनाई थियो ।
सरकारमा नजाने कसम नखाएको बताएका लिङदेनले विना उद्देश्य र कार्यक्रम सरकारमा नजाने भन्नेमाचै प्रष्ट रहेको सुनाए ।