पाँचथर– पाँचथरको उत्तरी याङ्वरक गाँउपालीकाको च्याङथापुमा भारतको सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । च्याङ्थापु बजार नजिकै भिरबाट लगेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पाँच जनाको टोली रातीको समय हिड्दै च्याङ्थापु बजार तर्फ आउदै गर्दा केशव गुरुङको लडेर मृत्यु भएको खवर प्राप्त भएपछि प्रहरी निरिक्षकको टोली घटना स्थल पुगेको छ ।
नेपाल भारत सिमाना चिवाभञ्याङबाट हिड्दै आएका थिए । रातीको समयमा लडेर बुझ्न आएको छ । स्थानीय सौजन मगरका अनुसार खोलामा मृतकको शव भेटिएको थियो ।
प्रहरी निरिक्षकको टोली घटना स्थल पुगेर अनुसन्धान थालेको पाँचथरका प्रहरी प्रमुख डिएसपि हरि खतिवडाले जानकारी दिए । शव र उनका साथीहरुलाई फिदिम ल्याउने तयारी भईरहेको छ ।
भारतीय पर्यटकको पाँचथरमा लडेर मृत्यु
भारतीय पर्यटकको पाँचथरमा लडेर मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस