पाँचथर– समुद्र सतहदेखि ३ हजार ४ सय मीटर उचाईमा रहेको फालेलुङ गाँउपालीकाको चाराराते भन्ने ठाँउमा छैटाैँ चौरी महोत्सव सम्पन्न भएको छ । निक्कै लामो परम्परा रहेको चौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य राखेर आयोजित महोत्सव विभिन्न क्रियाकलाप गर्दै सम्पन्न भएको छ ।
भारतको सिमा नजिकै भएको यो महोत्सवमाले क्रस बोर्डर टुरीजमको पनि विकसा हुने अपेक्षा राखिएको छ । महोत्सवको सहरी विकास मन्त्री सिता गुरुङले उद्घाटन गरेकि थिईन् । ‘चौरीलाई व्यसायीक वृद्धि गर्दै यि सुन्दर ठाँउमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ’ मन्त्री गुरुङले भनिन् ‘सरकारले यसका निम्ती सहयोग गर्छ ।’
चैत–३० देखि आजसम्मको महोत्सवको मुख्य दिन भने नयाँ बर्षको दिन रहेको थियो । नयाँ बर्ष मनाउँन विभिन्न ठाँउबाट दर्शकहरु महोत्सव स्थल पुगेका थिए ।
चौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्ने, चौरी प्रर्दशनी गर्ने, चौरीजन्य संस्कृतिको प्रर्दशनी, उत्पादन विक्रि वितरण तथागोठ संस्कृतिको उजागर गर्नका लागि भनेर महोत्सवको परिकल्पना भएको थियो ।
प्राकृतिक रुपमा अत्यान्त क्षेत्रमा यसरी जमघट गराउने भएको थियो । चौरी महोत्सव चर्चित भएकाले यहाँ आउनेको संख्या उलेख्य थियो ।
महोत्सवको अवसर पारेर हाई अल्टिच्युट फुटवल प्रतियोगिता, माउण्टेन बाईक ट्रेल शिलान्यास, सास्कृतिक कार्यक्रम भएको थियो । महोत्सवको फालेलुङ गाँउपालीका, दिप ज्योति युवा क्लव र फालेलुङ कञ्चनजंघा पर्यापर्यटन तथा संरक्षण संस्थाले संयुक्त रुपमा आयोजना गरेका थिए ।