ए.पी. तोलाङ्ग । मासु र रक्सी नपाइने ठाउँ कल्पनानै गर्न सकिदैन । औषधि नपाइने ठाउँमा समेत मासु रक्सी मज्जाले पाइन्छ । आज हामी तपाँइहरुले नेपालको यस्तो अनौठो स्थानमा घुमाउन लादैर्छौ , जुन ठाउँमा कुनै काटमार हुदैन । अहिंसा क्षेत्र चुम उपत्यका नाम सुन्दानै हामीलाइ एक प्रकारको मनमा कौतुहल पैदा हुन्छ । कस्तो होला चुम उपत्यका, के साच्चिकै त्यहा काटमार हुदैन । ती सबै कौतुहल मेट्न र त्यहाँको अनुभब बटुल्न एक पल्ट पुग्नै पर्ने हुन्छ ।
चुम उपत्यका धेरै बर्षदेखि अहिंसा क्षेत्रको रुपमा रहदै आएको छ । बिक्रम संवत १९७७ सालमा गुरु अवतारी डुक्पा लामा सेराब दोर्जेको रोहबरमा चुमबासीहरुले अहिंसात्मक परम्परालाई पालन गर्ने गराउने प्रतिबद्वता गरेका हस्तलिखित कागजातमा पाइन्छ । चुम उपत्यकामा कुनै काटमार हुदैन । तेहा आउने पर्यटकहरुले समेत काटमार पाउदैनन । यो उपत्यका अहिंसा क्षेत्र हो। यो क्षेत्रलाई जीबजन्तुको खुला संग्रहालयको रुपमा देख्न सकिन्छ ।
चुम उपत्यका गोरखा जिल्लाको उत्तर—पूर्व क्षेत्रमा पर्ने प्राचीन बौद्घ कला संस्कृति भएको रमणीय उपत्यका हो । गोरखाको चुमनुब्री गाउँपालिका -६ चुम्चेत र ७ छेकम्पार दुई वडालाई एकमुष्ठमा चुम उपत्यका भनिन्छ । चुम उपत्यकामा करिब ८०० घरधुरी रहेको पाइन्छ । यहाँ ७०० वर्ष भन्दा प्राचीन गुम्बाहरु रहेका छन । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्घ धर्म सम्बन्धी प्राचिन मानी, कानी, छयोर्तेन, स्मारक र तिब्बती संस्कृतिको छुटै महत्व रहेको छ । यस उपत्यकामा बौद्रमार्गी समुदायको बसोबास धरै भएकोले बौद्य भिक्षु, भिक्षुनीहरु देख्न पाइन्छ।
चुम उपत्यका गणेश हिमाल १,२,३,४,५, बौद्घ हिमाल , श्रीरीङ्गी हिमाल लगायत प्राकृतिक सम्पदाले भरीएको छ । यस क्षेत्रमा काटमार नगरीने भएकोले झारल, घोरल, कस्तुरी मृग, कालिज, डाफे, मुनाल , लंगुर बादर जस्ता बन्यजन्तुहरु तथा चराचुरुंगीहरु नजिकबाट देख्न पाइन्छ । मानिसहरुले नजिकबाट नियाल्दा पनि बन्यजन्तहरु, चराचुरुंगीहरु आफ्नै लयमा चरीरहेको देखिन्छ । लगभग ३/४ घन्टाको दुरीमा चिया, नास्ता र बसोबासको लागी होटलहरु उपलब्ध रहेको छ ।
चुम उपत्यका पदयात्रा गर्दा ठाँउमा खानपिन, बित्राम गर्दै पुराना शैलीमा बनाइएका घरहरु, बाटोको बिच बिचमा बनाइएका छयोर्तेनहरुको रमणीय दृश्यहरु देख्न पाइन्छ । कहीले बूढी गण्डकी तीरै तीर नदीको सुस्केरा र चराचुरुंगीहरुको मीठो धुनले पदयात्रामा अझ रामान्चकारी बनाउछ । त्यस्तै यस क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरुले चुम उपत्यका महत्व अझ बढाएको छ ।
चुम उपत्यका पदयात्राको क्रममा. बौद्घ, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभब गर्न सकिन्छ । स्थानीय बासीले पर्यटकलाई गाउँघरमै उब्जाइएका जैबिक आलु फापर, मकै, कोदो, भ्टमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन् ।
यस उपत्यकालाइ खुला चिडियाखानाको र अहिंसा क्षेत्र रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सके पर्यटन गन्तब्यको राम्रो सम्भावना बोकेको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिका उड्यन मन्त्रालयले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा गोरखा जिल्लाको चुम उपत्यका छनोटमा परेको छ ।
प्राकृतिक र साँस्कृतिक रुपमा समेत महत्वपुर्ण रहेको चुम उपत्यका प्रर्याप्त प्रचार प्रसारको कमीले ओझेमा परेको छ। साथै राज्यले गर्नु पर्ने पर्यटकीय विकासमा समेत तेती ध्यान नपुगको स्थानीयवासीहारु बताउछन । चुम उपत्यका गोरखा जिल्ला सदरमुकाम देखि उत्तर तर्फ ५० कोष टाढा रहेको छ । काठमाडौंबाट गोरखाको सोंतीखोलासम्म सार्बजनिक बसमा पुग्न सकिन्छ ।
सोती खोलादेखि दोभानसम्म जिपमा यात्रा गर्न सकिन्छ । दोभानबाट पदयात्रा सुरु हुन्छ । पहिलो बास फिलीम र दोस्रो बास छेकमपार र तेस्रो दीन अन्तीम गन्तब्य मु गुम्बा पुगेर बास बस्न सकिन्छ । चुम उपत्यका पदयात्रा लगभग दुइ हप्ताको समय उपयुक्त हुने गर्छ ।
Instagram: gorkhe1980
: travellersnep
facebook\Wang Lie