पाँचथर । पाँचथरमा एक ४७ वर्षिय पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहिबार मिक्लाजुङ गाउँपालिका -२ स्थित कमेरे भिरमा डिल्लिराम निरौला मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरी कार्यालय पाँचथरका अनुसार मृतक निरौला मिक्लाजुङ -६ तिनतले का बासिन्दा हुन्। विगत केहि समय देखि मिक्लाजुङ-१ मा अस्थाइरुपमा पसल गर्दै आएका थिए । मंगलबार बिहान ४ बजे घरबाट निस्केर हिडेका निरौला बिहिबार सम्म पनि घरको सम्पर्कमा नआए पछि उनको खोजि हुँदा बिहिबार मिक्लाजुङ गाउँपालिका -२ स्थित कमेरे भिरबाट करिब २०० मिटर मुनि लडेको अवस्थामा निरौलालाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।