पाँचथर । फिदिम-रानिटार—लुङरुपाको ‘लाइफलाइन’ मानिएको फिदिम-लुङरुपा सडक खण्डको ७ किलोमिट खण्डको कालोपत्र गर्ने सूरु भएको छ । शिवालयबाट ७ किलोमिट सडक कालोपत्र गर्ने काम सूरु भएको पुर्वाधार विकास कार्याल पाँचथरका कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
रेड्डीका अनुसार सडकको चौडाइ साढे ५ मिटर हुनेछ । सम्झौताको समय असार मसान्त सम्म भए पनि ३० दिन भित्रमा कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उक्त सडक कोशी प्रदेश सरकारको २६ करोड ४५ लाखमा ठेक्का लागेर कालोपत्रको काम सूरु भएको रेड्डीले जानकारी दिए । निर्माणको जिम्मा डिवान सफल जेभिले पाएको छ ।