पाँचथर । फिदिम नगरपालिका १२ स्थित डेरी बजारमा ज्ञानज्योति समाज सेवा क्लबको आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिस्र्पधी फिदिम नगरपालिका- ६ शिवा लाई हराउदै याङवरक विजयी भएको हो ।
शिवा माथि ३-० को सोझो सेटमा जित निकाल्दै याङवरकले सफलता आत्मसात गरेको हो । फाइनल खेलमा पहिलो सेट २५-१५ जितेको याङवरकले दोस्रो सेट २५-११ र तेस्रो २५-१९ ले जित्दै उपाधि जितेको हो । उपाधि जिते सँगै याङवरकले ८० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेतामा सिमित बनेको शिवाले ४० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
तेस्रो स्थानमा समेटिएको फालेलुङ ७ ले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । अंसुभञ्याङले वाकओभर दिएपछि फालेलुङ तेस्रो स्थानमा समेटिएको हो ।
प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए ।