पाँचथर । शुक्रबार साँझ मेची राजमार्ग अन्र्तगत फिदिम इलाम सडकखण्डमा पर्ने फिदिम नगरपालिका-३ कान्छी दोकानमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।
प्रदेश १-०१-००१ च ९३४९ नम्बरको कारमा ताप्लेजुङबाट झापा फर्कंदै गरेका तीर्थयात्री कार दुर्घटनामा परेका पाँचथर प्रहरीले जानकारी दिएको छ । कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड-१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई प्रहरीले उद्धार गरेर पाँचथर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक रश्मि भुजेलको शव पाँचथर शव गृहमा राखिएकाे प्रहरीले जनाएकाे छ ।
कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा बिर्तामोड-१ का राजु भुजेल,सीता भुजेल र लिला भुजेल रहेका छन् उनीहरुलाई थप उपचारको लागी रातिनै झापाको बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ ।