पाँचथर । यासोकमा जारी चौथो कुम्मायक गोल्डकपमा मिक्लाजुङलाई सडनडेथमा हराउदै याङवरक गाउँपालिका फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेश गरेको याङवरक गाउँपालिकाले उपाधिको लागी बुधबार फाल्गुनन्द गाउँपालिका सँग प्रतिस्पर्धा गर्ने छ । फाल्गुनन्द यस अघिने कुम्मायकलाई हराउदै फाइनल पुगिसकेको छ ।
मंगलबार भएको अन्तीम सेमिफाइनल खेलमा सडनडेथमा मिक्लाजुङ गाउँपालिका लाई ६-५ ले हराउदै याङवरका फाइनलमा पुगेको हो । पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा निर्धारीत समयमा र अतिरिक्त समयमा समत ३ गोलको बराबरी भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि निणर्य हुन नसकेपछि सडनडेथबाट निणर्य लिइएको हो। सडनडेथ याङवरक भाग्मानी बन्यो ।
खेलमा याङवरकका सुमन योङ्या म्यान अफ दि म्याच बने ।
प्रतियोगिताको प्रथम हुने गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। भने उपबिजेता गाउँपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन।