पाँचथर । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५सय ७८ रहेको छ । जसमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । महिलाको जनसंख्या ५१.१ प्रतिशत हुँदा पुरुषको जनसंख्या ४८.९ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना अनुसार पाँचथरको कुल जनसंख्या एक लाख ७२ हजार ४ सय रहेको छ । पाँचथरमा पुरुष भन्दा महिलाको जनसंख्या बढी छ । महिला ५०.३ प्रतिशत र पुरुष ४९.७ प्रतिशत जनसंख्या रहेको विभागले जनाएको छ । पाँचथरमा पुरुषहरुको संख्या ८५ हजार ६ सय ८३ जना र महिला ८६ हनार ७ सय १७ जना महिला रहेको विभागले जनाएको छ ।
पाँचथरमा ४२ हजार ४ सय ९५ परिवार बसोबास गरेका छन भने पाँचथरको जनघनत्व १३९रहेको छ । त्यस्त,ै पाँचथरको साक्षरता ८२.३ प्रतिशत रहेकोमा महिलाका तुलनामा पुरुषको साक्षरता बढी रहेको छ । पाँचथरमा पुरुष साक्षरता ८८.७ प्रतिशत रहँदा महिलाको साक्षरता भने ७६.० प्रतिशत मात्रै रहेको छ ।
पाँचथरमा अझै पनि २६ प्रतिशत भन्दा बढी व्यक्तिको जन्मदर्ता नगराएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार पाँचथरमा ७४ प्रतिशतले जन्मदर्ता गराएका छन भने २६ प्रतिशतले अझै जन्मदर्ता गराएका छैनन ।