पाँचथर । फिदिम सरसफाई तथा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा प्रकाश गुरुङ निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा गुरुङ निर्वाचित भएक हुन् । संयुक्त गठबन्धकबाट उम्मेद्धार बनेका नेकपा एमालेका सूर्य कुमार मागरलाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् ।
गुरुङले ९ सय ३७ मत प्राप्त गर्दा मगरले ४ सय ६६ मत पाएका हुन् । गुरुङलाई काँग्रेसको समर्थन थियो भने मगरलाई एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाको समर्थन थियो । उपाध्यक्ष बाहेक समितिको अधिकांश पदमा गुरुङको टिमका निर्वाचित भएका छन् ।समितिको उपाध्यक्षमा संयुक्त प्यानलका निलम गिरी निर्वाचित भए । राप्रपाका गिरिले सात सय ४४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रीक समुहका रामचन्द्र नेपालले चार सय ९४ मत प्राप्त गरेका छन् ।
सचिवमा लोकतान्त्रीक समुहका कमल बाँस्कोटा निर्वाचित भए । बाँस्कोटाले छ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि एमाले देवीप्रसाद अधिकारीले चार सय ४४ मत प्राप्त गरेका हनु । सहसचिवमा लोकतान्त्रीक समुहका डने शेर्पा बिजयी बने । शेर्पाले आठ सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि एकिकृत समाजवादिका भोलानाथ मिश्रले तीन सय ८९ मत प्राप्त गरेका हुन् ।
कोषाध्यक्षमा लोकतान्त्रीक समुहका दीपक बाँस्कोटा बिजयी बने । बाँस्कोटाले छ सय ७ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धि माओवादीका सागर ओझाले चार सय ९१ मत पाएका हुन् । सदस्यहरुको मत गणना जारी छ ।