पाँचथर । फिदिम ५ सरसिउलामा निर्माणधिन अवस्थामा रहेको फिदिम रङ्गशालामा प्रथम पाँचथर रङ्गशाला गोल्डकप हुने भएको छ । तुम्याहाङ क्लबले आयोजनामा हुने प्रतियोगिता फागुन १६ देखि २० गतेसम्मसञ्चालन हुने छ ।
प्रतियोगितामा पाँचथर युनाइटेड,चोकमागु युथ क्लब,स्वतन्त्र क्लब रानिटार,साभ्राङ युवा क्लब, कुम्मायक गाउँपालिका, मानेडाँडा फुटबल क्लब, तुम्याहाङ क्लब, नेपाल प्रहरी पाँचथर,योङव्वाइज फुटबल क्लब हिलिहाङ र फाल्गुनन्द गाउँपालिकाको सहभागीता रहने आयोजकल जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।