पाँचथर– तेह्थुमको आठराई गाँउपालीका–६ चुहानडाँडाको हातिखर्क भन्ने ठाँउमा भिषण आगलागी भईरहेको छ । जंगलमा लागेको आगो गाँउमा पसेको हो । हालसम्म १३ घर जलेको वार्ड अध्यक्ष कृष्ण बाँस्कोटाले जानकारी दिए । आगलागी नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए ।
हावहुरी चलिरहेकाले आगालागी फैलिरहेको बताईएको छ । घोडेटार सामुदायिक बनबाट आगो बस्तीमा आएको हो । आगालागी नियन्त्रणका लागि गाँउलेहरुले गरिरहेको प्रयास सफल हुन सकिरहेको छैन् ।