पाँचथर । ‘जनयुद्ध दिवस’को अवसरमा पाँचथरका फालेलुङ गाउापालिकाले सार्वजनिक बिदा दिएको छ ।जिल्लामा जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिइएको सम्भवतः यो पहिलो हो ।
फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले शनिबार सार्वजर्निक सूचना जारी गर्दै पालिका अन्तर्गतका कार्यालयहरूमा फागुन १ गते सार्वजनिक बिदा दिएको जनाएका छन् ।
तत्कालीन माओवादीले ०५२ फागुन १ गते बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो ।