पाँचथर । फिदिम ६ शिवामा जारी तेस्रो अर्थे मेला पालिका स्तरीय भलिबल प्रतियोगितामा आयोजक फिदिम नगरपालिकालाई हराउदै फाल्गुनन्द गाउँपालिकाले विजयीसुरुवात गरेको छ ।
फाल्गुनन्दले फिदिमलाई ३—० को सोझो सेटमा पराजित गर्दै विजयीसुरुवात गरेको हो । फाल्गुनन्दले पहिलो २५—१२,दोस्रो २५—१८ र तेस्रो सेटमा २८—२६ ले जित्न सफल भयो । फाल्गुनन्दका संयोग लिम्बु प्लेयर अफ दि म्याच घोषित भए । उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा पाँचथरका ६ पालिका सहित छिमेकी जिल्लाका ४ पालिका गरि १० पालिकाहरुको सहभागिता रहको छ । विजेताले ७० हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछ । उपविजेताले हजार ५० नगद पुरस्कार पाउनेछन् ।
सोमबार हुने खेल :
फेदाप गाउँपालिका तेह्रथुम र कुम्मायक गाउँपालिका पाँचथर
समय : दिउसो १२ बजे
फालेलुङ गाउँपालिका पाँचथर र पाथिभरा याङवर गाउँपालिका ताप्लेजुङ
समय : दिउसो २ बजे