पाँचथर । पाँचथरमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा तुम्बेवा गाउँपालिका २ राई गाँउ बस्ने २३ बर्षीय मनोज राई रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले राईलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाई सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ गरिएका राई बारे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।