सरला रेग्मी
सुनसरी । उर्लाबारी वाड नम्बर १ झारसाधिमा मंसिर १० गते २५ संख्यामा हात्तीका झुण्डहरु आए । झारसाधी निवासी मदन दाहलको गाई बाध्ने गोठ भत्कायो भकारीमा राखेको ५/६ मन धान खाइदियो । मदन दाहालको परिवार छिमेकिको घरमा रात बिताउन पुगे । यो क्रम रोकिएन मंसिर १० गते देखि लगातार माघ १६ गते सम्मपनी हात्ती निरन्तर आइरहेका छन् । तर अहिले यो क्षेत्रमा हात्तीको संख्या २५ बाट घटेर २/३ संख्याले विध्वंस गरिरहेको छ । झारसाधी निवासी योगेन्द्र पौड्यालको राइस मिल भत्काएर अन्न खाएको स्थानिय बताउछन् ।
हरेक राती हात्ती आउँला र के बिगार गर्ला भएर स्थानिय त्रसित रहेको दाहाल बताउछन् । हात्ती भगाउनलाई नगरपालिकाले हरेक टोल बिकाश समितिलाई साइरन दिएको छ र भनिएको छ ‘चङ्ख भएर सुत्नुस हात्ती आए साइरन बजाउनुस ’। योभन्दा अन्य बिकल्पको खोजी स्थानिय सरकारले गरेको देखिदैन् । स्थानिय हरेक रात डर र त्राससँग रात बिताउन बाध्य भएका छन्, भने बिद्यालय जाने बालबालिका समेत त्रसित छन् ।
इटहरी २ शान्ती नगरमा १४ वटा हात्ती र २ वटा छावाको आतंकले इटहरी २ का बासिन्दापनि निदाउन सकेका छैनन् । हरेक दिन साझ ८ बजेपछी हरेक घरका अगाडि राँको बालेर हात्तीलाई बस्तिमा पस्न नदिन स्थानिय तैनाथ छन् । स्थानिय रोशन अधिकारी भन्छन् ‘बिगत १४ दिन देखि हामी सुतेका छैनौ, रातको समयमा हात्तीको बथान र भर्खर जन्मिएका जस्ता देखिने २ वटा छावा बस्ती पस्न खोज्छन् । हामी रातभरी २ सय घरपरिवार घर अगाडि आगो बालेर र हो– हल्ला गरेर बस्ने गरेका छौ ।’
इटहरी वाड नम्बर २ले हात्ती आतंक भए पश्चात् वाडका पोलमा बत्ती लगाइदिएको छ । टोलबिकास समितिलाई हात्ती भगाउन ट्रच लाइट दिएको छ । वार्ड अध्यक्ष माधब कोइराला भन्छन् ‘हात्तिलाई व्यवस्थापन गर्न गार्हो छ वन कार्यलय र प्रशासनलाई खवर गरौ, प्रशासनबाट राइफल सहितको प्रहरी र हात्तीलाई बस्तिमा पस्न नदिन स्थानिय एकजुट हुनु भएको छ । यो बाहेक हात्तीलाई व्यवस्थापन गर्न अन्य उपाय खोजिएको देखिदैन । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलका अनुसार ‘स्थानियहरु सँग सहकार्य गरि समन्वयको लागि कोशिटप्पु वन्यजन्तु आरक्षलाई पत्रचार गरेको बताएका छन् ।
तर, यता कोशिटप्पु वन्यजन्तु आरक्षका कामु प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले कोशिटप्पु वन्यवन्तु आरक्षणलाई आधिकारीक पत्रचार नआएको बताएका छन् ।
प्रदेश १ मा यो पहिलो पटकको हात्ती आतंक भने होइन । सबैभन्दा बढि नेपालको पूर्वी तराई खासगरी झापा जिल्ला हात्तीबाट बढी पीडित छ । वन्यजन्तुमध्ये हात्तीबाट मानिसले सबैभन्दा बढी मर्का व्यहोर्नुपर्छ । हात्तीबाट हुने नोक्शानी सबैभन्दा बढी छ । बाहुनडाँगीका बासिन्दा हात्तीबाट सबैभन्दा प्रताडित छन् । हात्तीले बालीनाली क्षति गरेको, मानिस घाइते बनाएको र अहिलेसम्म १९ जनाको मृत्यु भएको र हालसालै ३ जना पुर्णरुपमा घाइते भएको र १३ वटा हात्तीको मानविय क्रियाकलापले मृत्युभएको मेचिनगर बाहुनडाँगी वाड नम्बर ४ का वाड अध्यक्ष तथा हात्ती संरक्षण र पर्यटनमा सकृय अर्जुन कार्किले बताएका छन् ।
यो हात्ती आतंक हो या बिचलन त ?
हात्ती हरेक बर्ष भारतको आछाम हुँदै सिलगुरी आउँने गर्छ । सिलगुरीको ‘वाइल्ड लाइफ सेन्चुरीका’े नियन्त्रणमा हात्ती रहने गर्छ ।तर उत्त क्षेत्र अतिक्रमण भएसँगै चरनको खोजिमा हात्ती नेपाल तर्फ झापाको बाहुनडागी हुँदै कोशिटप्पु आउँने गर्छ ।गत महिनाको पुस ८ गते सुनसरिको बराहक्षेत्र नगरपालिका २ रेल्वे लाइनमा करेन्ट लागेर एउटा हात्ति मर्यो । त्यसपछी हात्ती बिचलन भएको हुन सक्ने कोशिटप्पु बन्यजन्तु आरक्षकोशिटप्पु वन्यजन्तु आरक्षका कामु प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले बताएका छन् ।
बिशेषगरि मकै तथा धान फल्ने सिजनमा हात्तीका झण्ड नेपाल आउँने गर्छन् । हरेक बर्ष हात्ती भारत हुँदै नेपाल आउँने जानेक्रम भैरहन्छ, तर जब हात्ती हिड्ने मार्गमा कुनै कारणले बाधा भएमा हात्ती बिचलन हुने गर्छन् । जस्को परिणाम हात्ती तथा मानव दुबैले भोग्नु परेको छ ।
मेचिनगर बाहुनडाँगी वाड नम्बर ४ का वाड अध्यक्ष तथा हात्ती संरक्षण र पर्यटनमा सकृय अर्जुन कार्कि भन्छन ‘हात्ती बदला लिने जनावरमा पर्छ उस्को झुण्डमा कसैलाई क्षती भए हात्तीले त्यस क्षेत्रमा थप आतंक मच्चाउने गर्छ’ । कार्की भन्छन् ‘हात्तिले आतंक गरेको होइन मानव गतिबिधिका कारण हात्ती बिचलन भएको हो।’
मानवले हात्तीलाई कुखुराको चल्ला धपाए झै हो हल्ला गरेका कारण उ बिचलित भएको हो ।हात्तिको जैविक मार्गमा पुर्वाधार बिकासले यस्तो परिस्थिति शृजना भएको हो । हात्ती मानव बस्तिमा आएका होइनन् यो त उनिहरुको पुर्खौली चरन स्थान हो मानवले चरनक्षेत्र अतिक्रमण गरेका कारण यस्तो दुर्घटना बेहोर्नु परेको कोशिटप्पु वन्यजन्तु आरक्षका कामु प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादव बताउछन् ।
यादव भन्छन् ‘हात्ती गस्ती,पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार,अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको छ । अन्य जनावर जस्तो हात्ती एकै स्थानमा चरन गर्न सक्दैन ,उम्रीएका बनस्पतिपनि छानेर खाने गर्छ । हात्तीको देख्ने शत्ती अलि कम हुन्छ भने स्मरण क्षमता प्रवल हुन्छ । जस्को कारण बर्षौ पछिपनी राम्रो चरन र पानी खाने ठाउँ पुनः आउने गर्छन् । त्यसकारण हात्तिले पटक पटक एउटै स्थानमा क्षती भएको हो’ ।
मानव र हात्ती बिचको द्वन्द्व तर्फ राज्यको ध्यान जान जरुरी छ । स्थानिय सरकारले सामुदायिक वन क्षेत्रहरुलाई जंगली जनावरले खाने अन्न उत्पादन गर्न प्रेरित गर्नु पर्ने देखिन्छ साथै स्थानिय स्थतमा पुर्वाधार बिकास गर्दा प्राणीमैत्री बनाउन जरुरी छ ।
हात्ती र मानव बिच द्वन्द बढ्दै गएको छ । मानव संबेदनसिल प्राणी भएका कारण हात्तिको स्व अस्तित्व स्विकार्नु पर्छ,‘कार्की भन्छन्’ ।
प्राकृतिक तथा सांस्कृतिक रूपमा हात्तीको विशेष महत्त्व छ । नेपालमा हात्ती लोप हुने अवस्थामा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ ले हात्ती संरक्षित जनावर हो । अन्तर्राष्ट्रिय संरक्षण संघले रातो सूचीको ‘संकटापन्न’ र साइटिसले अनुसूची–१ मा राखेको छ । नेपालको सबैभन्दा ठूलो १००० को नोटमा हात्तीको तस्बिर राखिनुले पनि यसको महत्व झल्काउँछ तर पछिल्लो समय जंगली हात्ती संरक्षणमा विभिन्न चुनौती देखा परेको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताएकाछन् ।