पाँचथर । साफ महिला यू-१५ च्याम्पियन टोली नेपाल यू-१५ महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङलाई गृह पालिका फाल्गुनन्द गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ ।

विहीबार फाल्गुन्द गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी चेम्जोङलाई सम्मान गरेको हो । पुनम गत कार्तिकमा बंगलादेशमा सम्पन्न प्रतियोगितामा टोलीले उपाधि जित्दा सदस्य रहेकी थिइन् । राष्ट्रलाई खेल क्षेत्र मार्फत पुर्याएको योगदानका उच्च मुल्याकंन गर्दै पालिकाले सम्मान गरेको फाल्गुनन्द गाउँपालिकका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा रहेर पनि उनी राष्ट्रिय खेलाडी बन्दै उनले खेलकुद क्षेत्रमा पुर्याएको योगदान र यसपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीलाई हौसला दिन र अरु खेलाडीहरुलाई प्रोत्साहन गर्ने पालिकाको निति अनुसार चेम्जोङलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।