विराटनगर ।प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन्।प्रदेशसभाको आजको बैठकले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम सर्वसम्मत निर्वाचित गरेको हो।
एमालेका रेवती रमण भण्डारीको प्रस्तावमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्माको समर्थनमा उनी सभामुख निर्वाचित भएका हुन्।
सभामुखमा गौतमको एकल उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य गयानन्दन मण्डलले गौतम सभामसखमा निर्वाचित भएको घोषणा गरेका थियो।
केन्द्रमा भएको सहमतिअनु्सार उपसभामुख एमालेको भागमा परेको छ। जसमा एमालेभित्र उपसभामुखका लागि चार जना आकांक्षी देखिएका छन्। आज बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्ने कार्यसूची छ।उपसभामुखको निर्वाचन आगामी ३० गतेका लागि तोकिएको छ।