पाँचथर । लामाे समय देखि सञ्चालनमा आउन नसकेकाे फिदिम बसपार्क माघ २ गतेबाट सञ्चालन हुने भएको छ । आइतबार फिदिम नगपालिकाले एक सूचना जारी गर्दै बसपार्क सञ्चालन हुने जनाएको हो । नगरपालिकाले जारि गरेको सूचना अनुसार माघ २ गतेमा फिदिम २ पल्लोटारमा रहेको बसपार्क सञ्चालनमा आउने छ ।
माघ २ गतेबाट सबै किसिमका सवारी साधनहरु अनिर्वायरुपमा बसपार्कबाटमात्र सञ्चालन गर्नु पर्ने फिदिम नगरपालिकाले जनाएको छ ।
फिदिम बजार भित्र गणतन्त्र चौक,शनिबारे र बुद्धमार्गबाट मात्र सवारी साधनहरुले यात्रुहरु झार्ने र चढाउन पाउने सूचनामा उल्लेख छ । फिदिम बजार भित्र शनिबार बाहेक बिहन ९ बजेबाट १० बजे सम्म र बेलुका साढे ३ बजेबाट साढे ४ बजे सम्म दुईपाङ्खेबाहेका साधनहरु आवतजावत गर्न नपाउने उल्लेख छ ।
फिदिम बजार क्षेत्रमा अव्यस्थितरुपमा सवारी पार्किङ गरेमा २ सय रुर्पैया देखि १ हजार रुर्पैया सम्म जरिवाना हुन सक्ने फिदिम नगरपालिकाले जनाएको छ ।