पाँचथर– पाँचथरको फिदिम नगरपालीका वार्ड न. –७ का निर्वतमान वार्ड अध्यक्ष गोपाल प्रसाद गुरुङको निधन भएको छ । उनको ७० बर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गुरुङको सोमबार विहान अचानक निधन भएको हो । हृदयघातका कारण निधन भएको हुन सक्ने अनुमान गरीएको छ ।राजनीतिसँगै विभिन्न समाजिक काममा गुरुङ सक्रिय रहेका थिए । २००९ साल फाल्गुन–२९ गते उनको जन्म भएको थियो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा फिदिम–७ बाट वार्ड अध्यक्षको पदमा निर्वाचित भएका थिए ।
उनी २०४९ सालमा तत्कालीन रानीटार गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा गाविस अध्यक्षका उम्मेद्वार रहेका थिए । उनका एक श्रीमती, एक छोरा, ४ जना छोरी रहेका छन् । नेपाली कांग्रेस पाँचथर पूर्व जिल्ला सदस्य समेत रहेका थिए । उनले भारतीय सैनिकमा सेवा समेत गरेका थिए । भारतीय सैनिक हुन पूर्व शिक्षण समेत गरेका थिए ।
उनको मंगलवार अन्तिम दाहसंस्कार गरिने पारिवारीक श्रोतले जानकारी दिएको छ ।