काठमाडौँ — प्रदेश १ मा नेकपा एमालेले स्थायी कमिटीका सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका ६० सांसदको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ सक्षम सरकार निर्माणको दाबी गर्ने छन् ।
‘एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहितको आज दिउँसो ४ बजे सरकार दाबी गर्ने सहमति भएको छ,’ कार्कीले भने, ‘बाँडफाँटसहितको अन्य विषयमा पछि टुंगो लाग्छ ।’
९३ सदस्यी प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद रहेका छन् । प्रदेश १ का प्रमुख खापुङले नयाँ सरकार गठनका लागि तोेकेको समय आज साँझ पूरा हुँदै थियो ।
कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।