सामाजिक संजालमा एउटा कोसा केरा लिएर ४ जनाले दिएको फोटो एक समय निकै चर्चित भयो । कैयौँले गाली गरे कैयौँले मजाक उडाए त्यो क्रम रोकिएन ,दिने को ?लिने को ? तस्बिर हेर्दा पत्तै पाइएन ।
तर फिदिमका केही युवाले“ हुनेले दिने नहुनेले लिने “ अभियानमा लिने परिवार बारे गोप्य राख्छन ।कोरोना पोजेटिभ भएका परिवार बाहिर हिड्डुल गर्न नमिल्ने खानेकुरा लिन जाने समस्या देखेपछी फिदिमका युवाले यो अभियान कोरोना पोजेटिभको घर घरमा सामान पुर्याउने सोचबाट सुरुवात गरेका थिए। यो अभियान थप निषेधाज्ञाका कारण दिनभरी कमाएर खाने परिवारको घरमा चुलो निभ्ने बुझेपछि खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाइ फिदिमका युवाले “हुनेले दिने, नहुनेले लिने“ अभियान चलाएका छन् । अभियानमा संलग्न युवाहरु स्वंयले रकम संकलन गरी अभियान थालेका थिए । यस क्रममा अभियान्ताहरु स्वयंबाट रु. ४० हजार रुपैया संकलन गरि शुरुवात गरिएको थियो
“हुनेले दिने, नहुनेले लिने“ अभियान अन्तर्गत तेस्रो चरणको राहत वितरण कार्यक्रमा घर घरमै गएर आइतबार सम्ममा जम्मा ५९ घरमा हस्तान्तरण गरिसकेको छ,यो अभियान लाई सफल बनाउन जिल्ला भित्र , जिल्ला बाहिर र बिदेशबाट सहयोग आइरहेको छ, यस अभियानका अभियान्ता बताउछन्।
आइतबार सम्म जम्मा रकम रु १ लाख ५५ हजार ६ सय उनानबे रुपैया भएको छ। कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको थप निषेधाज्ञाले दिनभरी कमाएर खानेपरिवारलाइ कम सकस भएको छन, अभियानमा दैनिक आवश्यकतामा पर्ने खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिएको अभियान्ताले जानकारी गराएका छन। फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् ।देश बिदेश बाट मात्र होइन स्थानिय ब्यक्तित्वहरुबाट पनि सहयोग आइरहेको छ, कोरोना संक्रमित बढ्दो छ। जहिले सम्म समस्या हुन्छ, तब सम्म यो अभियान संचालन गर्ने अभियान्ता तिर्थ मिश्र बताउछन।
फिदिमेलि युवाले गरेको यो कार्य निकै प्रशंसनिय छ, यस्तो अभियानले निभेको चुलो बल्ने मात्र होइन,यो अनि यस्ता अभियान समाज रुपान्तरण गर्न प्रेरणादायी बन्नेछन।
पाँचथरका युवाले सुरू गरे ‘हुनेले दिने, नहुनेले लिने’ अभियान (भिडियाे रिपाेर्ट)
पाँचथरका युवाले सुरू गरे ‘हुनेले दिने, नहुनेले लिने’ अभियान (भिडियाे रिपाेर्ट)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस