पाँचथर– पचास शैयाको अस्पतालका लागि भवन निर्माण सम्पन्न भएपनि जनशक्ति र अन्य पूर्वाधारको अभाव रहेको पाँचथर अस्पतालमा केहि विशेषज्ञ डाक्टरको थप गरिएको छ ।
पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भईरहेका बेला केहि जनशक्ति व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिसस प्रमुख रामराज आङदेम्बेले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा ४ जना विशेषज्ञ डाक्टर रहेका छन् । वाल रोग विशेषज्ञका लागि पहल भईरहेको जानकारी दिइएको छ । यस अघि रहेका बालरोग विशेषज्ञको अवधि सकिएपछि उनलाईनै निरन्तरता दिने प्रयास भईरहेको छ ।
जिल्ला अस्पताल व्यवस्थापन समिति आफैले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ राखिएको छ । यस्तै, छात्रवृत्तिमा रहेका दुईजना डाक्टरलाई अस्पतालले थप सुविधा दिएर राखेको छ ।
अहिले अस्पतालमा जेनेरल सर्जन, एनएसथ्येसोयोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अपस्ताल प्रमुख भने एमडिजिप हुन् ।
विशेषज्ञ डाक्टर भएसँगै सेवा विस्तार भएको अध्यक्ष आङदेम्बेले बताए । ५० वेडको अस्पतालको भवन भएपनि अझै १५ बेडकै दरबन्दी रहेको छ । अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन् ।
५० शैय्याकै लागि दरबन्दी व्यवस्थापन हुन सके पाँचथर, ताप्लेजुङ, तेह्थुमका बासिन्दालाई स्वास्थ्य सेवा पाउँन सहज हुने देखिन्छ । तर अपेक्षकृत रुपमा ५० शैय्याको दरबन्दी व्यवस्थापनका लागि काम नभईरहेको प्रमुख आङदेम्बे बताउँछन् ।
पाँचथर अस्पतालमा विशेषज्ञ डाक्टर थपिए
पाँचथर अस्पतालमा विशेषज्ञ डाक्टर थपिए
![](https://www.kenjokhabar.com/wp-content/uploads/2022/09/panchthar-hospital.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस