विराटनगर । प्रदेश नं १ माओवादी केन्द्रकाे संसदीय दलकाे नेतामा पाँचथर क्षेत्र नं १ (२) बाट निर्वाचित आर्थिक मामिला तथा याेजनामन्त्री इन्द्रबहादुर आङ्बाे सर्वसम्मत चयन भएका छन् ।
माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरकाे अध्यक्षतामा मंगलबार बसेकाे बैठकले दलकाे नेतामा आङ्बाेलाई चयन गरेकाे हाे । बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पार्टीका पाेलिटब्यूराे सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमनर काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्लगायत नेताकाे उपस्थितिमा दलकाे नेता चयन गरिएको हो ।
दलकाे नेतामा तेह्रथुम १(२) बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं पनि आकांक्षी थिए तर सरकारमा सहभागी हुने अवस्थामा माओवादी उनकै नेतृत्वमा जाने आश्वासन प्राप्त गरेकाले पछि हटेकाे एक सांसदले बताए । माओवादी केन्द्रले यस प्रदेशमा १३ जना प्रदेश सांसद जितेको छ ।
आङ्बाेले भने प्रदेश १ मा सरकारकाे नेतृत्वमा आफूहरूकाे दाबी रहेकाे बताएका छन् । उनले पहिलाे प्रदेश सरकारमा आफूले मन्त्री भइसकेकाले यसपटक मन्त्री पदमा नजाने पनि प्रतिक्रिया दिएका छन् । उनले आफ्नाे पार्टीले प्रदेशकाे नेतृत्व गर्ने अवसर प्राप्त भए मुख्यमन्त्री हुने बताए ।