ए.पी. तोलाङ्ग
घलेगाउँ गरुङ. समुदायको बस्तीले भरीएको रमणीय पर्यटकीय गाउँ हो । यो गाउँ पहाडको काखमा लहरै मिलेर बसेको छ । जहाँबाट माछापुच्छ्रे, अन्नपुर्ण ,लमजुङ, मनास्लु साथै अन्य हिमालका रमणीय दृश्यहरु देख्न सकिन्छ ।
घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रुपमा समेत परिचित छ । यो गाउँ समून्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा र लमजुङ जिल्लाको उतरपश्चिममा पर्ने साबिकको उतरकन्या गा. बि.स. मा पर्दछ । लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरबाट घलेगाउँ जानको लागि जिपहरु पालो कुरेर बसेका हुन्छन र आफै रिझब गरेर जान पनि सकिन्छ । बेसिशहर देखि २४ कि.मि.दुरी लगभग तीन घन्टाको मोटर यात्रा पार गरे पछि घलेगाउँ पुगिन्छ ।
हिमालको काखमा रहेको गाउँ गुरुङ समुदायको अत्यधिक बसोबास भएको पुरानो गाउँ झँडै सातसय बर्ष पुरानो इतिहास बोकेको छ । रातो जस्ताले छायको लहरै मिलेर बसेका गाउँहरु र उतर तर्फ पृष्ठभूमिमा सेतो चादि झै हिमाली हिमश्रृंखलाहरु देख्दा स्र्वकै एउटा टुक्रा जस्तो भान हुन्छ । घलेगाउँ प्रवेश गरे पछि पहीलो काम तेहा रहेको समितीले नामहरु दर्ता गरी कुन घरको पालो परेको छ रोलक्रम अनुसार बोलाएर पाउनालाइ घरमा पठाउनु हुन्छ र होमस्टे सन्चालकको न्यानो आतिथ्य स्वागत सँगै चियापान र अरु खानपिन क्रार्यक्रम अगाडी बड्छ । पालो अनुसार सबै घरमा पर्यटक आउने ह्ँदा गाउँमा सबै घरको आम्दानीको स्रोत बढेको छ ।
२०५७ दखि १२ घरबाट घलेगाउँ होमास्टे संचालनमा गरिएको थियो । घलेगाउँ १३५ घरमध्यो हाल ४४ घरमा होमास्टे संचालनमा गरिएका छ । नमुना चिया बगान, प्रांगारिक कृषी खेती, परम्परागत गुरुङ सडग्रहालय, स्थानिय परिकार, हिमाली दृष्यावलोकन, आतिथ्य स्वागत, स्थानिय हस्तकला, सुधारिएको होमस्टे जस्ता बिशेषताहरु पर्यटकको लागी प्रमुख आर्कषण हुन ।
घलेगाउँ बसाइमा गुरुङ. संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय खानपिनको अनुभब गर्न सकिन्छ । स्थानीयबासीले पर्यटकलाई गाउँघरमै उब्जाइएका जैबिक धान, मकै, कोदो, भ्टमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्छन् । पर्यटकका लागि गुरुङ र्सस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी मनोरन्जन दिलाइन्छ ।
गाउँको छेउमै बनेका भ्यु टावरमा गएर बिहानको सूर्योदय, सूर्यास्त र गाउँको रमाणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
घलेगाउँमा प्रतिब्यक्ति एक रातको रु १२५० शल्क लिइन्छ । सो रकम तिरे बापत एक रात सुत्न तथा एक छाक मांसाहारी र शाकाहारी खाना, बिहानकोे खाजामा चिया, कोदोको रोटी, तरकारी र अण्डा उपलब्ध गराइन्छ । गाउँमा आएका पर्यटकालाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फुलको माला गुच्छा र खादा चढाइन्छ ।
स्थानीयबासीले उत्पादन गरेको हस्तकलाका सामग्रीहरु बस्तुहरु गाउँमा आएका पर्यटकहरुले खरिद गरे बापत थप आम्दानी आयस्रोतमा बृदिृ हुदै गएको छ । प्रकृतिले सिंगारिदिएको पर्यटकीय रुपमा निकै महत्वपूर्ण घलेगाउँ अहिले लमजङको सुखी र समृद्घृ गाउँको रुपमा परिचित बन्दै छ ।
शहरको दैनिकी भिडभाड कोलाहलबाट केही समय बिश्राम लिन चाहनु हुन्छ घलेगाउँ होमस्टे एउटा राम्रो गनतब्य हुन सक्छ ।