पाँचथर– पाँचथरमा गणना भईरहेको प्रतिनिधि सभातर्फको समानुपातीक मतगणनामा प्रत्यक्ष तर्फको ४१ वटा मतपत्र भेटिएको छ । यि मतपत्र मध्ये रुखमा १९ र सुर्यमा १५ मत खसेको देखिन्छ ।
हालसम्म ४९ हजार ६ सय ९४ मतगणना भईसेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।
प्रनिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र सामानुपातीक तर्फ परेको भन्दै गणना भईरहेकाले पाँचथरको प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको अन्तिम नतिजा आईसकेको छैन् ।
प्रत्यक्ष तर्फको मतगणना गर्दा नेकपा (एमाले)का उम्मेद्वार बसन्तकुमार नेम्बाङले ४७ मतले नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई पछि पारेका थिए ।
नेम्बाङ विजय भएको भन्दै वधाई ज्ञापन तथा विजय ¥याली समेत भईसकेको थियो । तर निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको थिएन । मतगणना गर्नु पुर्व भएको सर्वदलिय बैठकमा जता मतपत्र भएपनि गणना गर्ने सहमती भएको तथा निर्वाचन आयोगको निर्देशन अनुसार समानुपातीकामा परेको प्रत्यक्ष तर्फको मत समेत गणना गरि जोडिदै छ ।
मंगलबारसम्मा बाँकि मतगणना सकिने देखिन्छ । मतदानको क्रममा असावधानी हुँदा फरक मतपेटिका फरक मतपत्र परेको बताईन्छ ।