पाँचथर। यतिबेला पाँचथर सदरमुकाम फिदिमको कर्भडमा रहेको मतगणना स्थलमा मतपरिणाम हुट्हुटी देखिन्छ । नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्त नेम्बाङबिचको चर्को प्रतिस्पर्धाले अब कस्तो मत परिणाम आउला भनेर चासो र हुट्हुटी बढेको देखिन्छ ।
मतगणना स्थलमा दुबै उम्मेद्वार निक्कै चिन्तित देखिन्छ । यता उता हिड्दै गरेका देखिन्छन् । कार्यकताहरुसँग तिब्र परामर्श गरेका देखिन्छन् । यहाँ सत्तारुढ गठबन्धनका नेताहरु र एमालेकानेताहरु बिच परिणम कस्तो आउने हो भन्ने चिन्ता र चासोमा छन् ।
तीन ठाँउबाट मतगणना भईरहेको छ । थोरैमात्र मतअन्तरले अगाडी पछाडी हुँदा नतिजाको अन्योलता छाएको छ । प्रतिस्पर्धा बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा बनाएको देखिन्छ । उलेख्य संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
मतपरिणामको आतुरता मतगणना स्थल बाहिरदेखिन्छ । समर्थकहरु सडकमा मत प्रतिक्षागर्दै उभिएका देखिन्छन् । हरेक परिणाम प्राप्त हुन् करिब तीन घण्टा लाग्नेगरेको छ । सुरुवातदेखिनै झिनो मतले उम्मेद्वार अगाडी,पछाडी भईरहेका छन् ।
६३ प्रतिशत मतगणना हुँदा नेम्बाङ १७ मतले अगाडी छन् । नेम्बाङले २० हजार ३ सय ९८ मत प्राप्त गरेका छन् भने आङ्देम्बेले २० हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।
केहिबेर अगाडी देखि तीन स्थनबाट मतगणना भईरहेको छ ।सतारुढ गठबन्धले अपेक्षा गरे अनुरुप मत खसेको छैन् ।