पाँचथर । देश भए स्वतन्त्र उम्मेद्धार र स्वतन्त्र पार्टीको लहर चलेको बेला पाँचथरमा २५ हजार ५ सय २७ मत गनि सक्दा प्रतिनिधि सभा तर्फका एक स्वतन्त्र उम्मेद्धारको एक मत पनि आएको छैन् । कुल ७५ हजार ३ सय ५२ मत मध्ये पाँचथरमा २५ हजार ५ सय २७ मत गनि सक्दा पनि एक स्वतन्त्र उम्मेद्धारको एक पनि मत नआएको हो ।
माछा चुनाब चिन्ह्र लिएर चुनाबी मैदानमा उत्रेका बालकृष्ण काफ्लेले खाता खोल्न नसकेका हुन् । काफ्ले सहित पाँचथरमा प्रतिनिधि सभा तर्फ १५ जना उम्मेद्धार छन् । पाँचथरम प्रतिनिधि सभा तर्फ काफ्ले सहित ४ जना स्वतन्त्र उम्मेद्धार छन् । १४ जना उम्मेद्धारलाई मत प्राप्त हुँदा काफ्लेले खाता खोल्न सकेका छैन्न ।
पाँचथरमा जारी मत गणनामा कांग्रेसका भिष्मराज आङदेम्बेले १० हजार ८ सय ३ मत सहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका बसन्तकुमार नेम्बाङले १० हजार ७ सय ७ मत सहित पछ्याउदै छन् ।