पाँचथर- पाँचथर प्रदेश सभा-२ का नेकपा (माओवादी) केन्द्रका उम्मेद्वार इन्द्र बहादुर आङ्बोले मतान्तर फराकिलो बनाउदै लगेका छन् । उनी ८ सय ८० मतले अगाडी भएका छन् ।
९ हजार ९ सय ४४ मतगणना गर्दा आङ्बोले ४ हजार ५ सय २५ मत प्राप्त गरेका छन् । यहाँ नेकपा (एमाले)का उम्मेद्वार अइन्द्रसुन्दर नेम्बाङले ३ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।आङबो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
यहाँ ३४ हजार ९ सय ८० मत खसेको छ ।