पाँचथर- पाँचथरमा प्रतिनिधि सभमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङबिच तिब्र प्रतिस्पर्धा भएको छ ।
७ हजार ४ सय ९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यस अघि ६ हजार ३ सय ३ मत गणना हुँदा नेम्बाङ १३ मतले अगाडी थिए ।
आङदेम्बेले ३ हजार २ सय ६ मत प्राप्तगरेका छन् भने नेम्बाङले ३ हजार १ सय ७४ मतप्राप्तगरेका छन् । पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।
सतारुढ गठबन्धनले भने अनुसार मत खसेको देखिदैन । नेम्बाङले २०७४ सालको निर्वाचनमा आङदेम्बेलाई हराएकाथिए ।
पाँचथरमा आङदेम्बे र नेम्बाङबिच तिब्र प्रतिस्पर्धा
पाँचथरमा आङदेम्बे र नेम्बाङबिच तिब्र प्रतिस्पर्धा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस