पाँचथर । पाँचथरको कुम्मयक ४ काे एउटा मतदान केन्द्रमा प्रतिनिधिसभाकाे मतपत्रमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतदान भए पछि त्यस बिषयमा के गर्ने भन्ने निणर्य हुन नसके पछि मतगणना हुन सकेको छैन । सर्वदलीय बैठक भने जारी छ ।
उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेश सभाको मतपत्र राख्नुपर्ने ठाँउमा प्रतिनिधि सभाको मतपत्र राखिएको पाईएको छ ।
२१ जनाले मतदान गरेपछि प्रदेशमा प्रतिनिधि सभाको मतपत्र मतदान भएको खुलेको थियो ।
यो बिषयमा के गर्ने भन्ने बिषयमा सर्वदलिय बैठकमा सहमति हुन् सकेको छैन् ।