पाँचथर । फिदिम ४ जाेरसाल स्थित सुखबाेध विद्यालयमा रहेकाे मतदान केन्द्र अासपास पटक पटक बिष्पाेटक पदार्थ बिष्टपाेट गराइएकाे छ । बिहान एक पटक अहिले दिउसाे २ पटक बिष्पाेट गराईएकाे छ ।
सदरमुकाम फिदिमबाट २ किलाेमिटर मात्र टाढा रहेकाे उक्त मतदान केन्द्र सशस्त्र प्रहरिबलकाे ब्यारेकबाट केहि मिटरमात्र टाढा छ । पटक पटक बिष्पाेट हुँदा मतदातामा त्रास बढेकाे छ ।
पटक पटक कस्ले बिष्पाेट गराएकाे खुल्न सकेकाे छैन् । प्रमुख जिल्ला अधिकारि गणेश गैरेका अनुसार उक्त मतदानकेन्द्रमा अहिले सुरक्षा ब्यवस्था कडा गरिएकाे छ । अहिले शान्तिपुर्णरूपमा मतदान भईरहेकाे बताईएकाे छ ।