पाँचथर– पाँचथरको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना फिदिमको जिल्ला समन्वय समितिमा रहेको कवर्ड हलमा गर्ने गरी तयारी गरीएकाे छ ।
प्रतिनिधि सभा र दुबै प्रदेशको मतगणना एकैपल्ट सुरु हुने मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए । कवर्ड हलमा तार जाली लगाएर तीन स्थानबाट मतगणना हुने छ ।
आईतवार रातीसम्ममा मतपेटिका मतगणना स्थलमा ल्याई सकेर सोमबार विहान सर्वदलिय बैठक बसि मतगणना सुरु गर्ने योजना रहेको छ ।
मतगणना स्थलमा तार जाली लगाईएको छ । मतगणना स्थलमा निक्कै कडा सुरक्षा तयारी भएको देखिन्छ । गणना स्थलमा मिडिया डेक्स राखिएको छ । सिसि क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाईएको छ ।