पाँचथर । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाँचथरमा तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गतेको निर्वाचनका लागि जिल्लामा १४ सय २२ जनशक्ती परिचालन गरिने भएको छ । निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी १४२२ जनशक्ति परिचालन गरिने भएको हो ।
जिल्लामा १७७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक र साम्दीनमा एक गरि दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । १७७ वटा स्थिायी मतदान केन्द्र र दुईवटा अस्थायी मतदानकेन्द्र गरि जिल्लमा अहिले १७९ वटा मतदान केन्द्ररहेको भट्टराईले जानकारी दिए । यि मतदानकेन्द्रमा १४२२ जना जनशक्ती परिचालन गरिने भट्टराईले जानकारी दिए ।
जिल्लाका ८ वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिएको छ । मतदाता शिक्षाको लागी कक्षा १० उत्तीणर् महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको छ । जिल्लामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतअरुलाइ तालीम समेत दिइ सकेको भट्टराईले बताए ।