कोशिटप्पु । कार्तिक २६ गते बिहान खबर आयो मगर गोही सुनसरि जिल्लामा पर्ने प्रकाशपुरमा भीष्म नारायण अधिकारिको माछा पोखरिमा देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षणकोष (एनटिएनसि) कोशिटप्पु संरक्षण केन्द्र तथा कोशि टप्पु वन्यजन्तु आरक्षणद्वारा सकुशल उद्धार गरि प्राकृतिक वासस्थान कोशि नदिमा छोडिएको एनटिएनसीका प्रमुख बिरेन्द्र गौतमले जनाएका छन् ।
कोशिमा आफ्नो आहारा खोज्न जानेक्रममा त्यहाँ पुगेको हुनसक्ने अनुमान गरिएको छ । २०७९ साउन देखी कार्तिकसम्ममा ६ वटा मगर गोहीको संरक्षण गरीएको एनटिएनसिले जनाएको छ । नेपालमा दुई प्रजातिका गोही( मगर गोहि र घडियाल गोही ) पाइन्छन् ।
घोडियाल गोही भन्दा मगर गोही मान्छे वा अन्य जनावरप्रती आक्रामक हुन्छ । मगर गोही नेपालका मुख्य नदिहरु कोशी, राप्ती, नारायणी, बबई, कर्णाली, मोहना र महाकालिमा पाइएको छ । मगर गोही जमिनमा गएर समेत सिकार गर्ने हुँदा घडियाल भन्दा बढी खतरा भएको गौतमले केन्जोखबरलाई बताएका छन् । मगर गोहीको अङ्रेजी नाम (पलुस्ट्री) हो ।