पाँचथर । ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले बिभिध कार्यक्रम गरी मनाएकाे छ । प्रहरी दिवससको अवसमा अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथर तथा मातहत प्रहरी कार्यालयहरुका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई दोसल्ला र प्रमाण पत्रबाट सम्मान गरिएको थियो । पत्रकार महासंघ पाँचथर ,उद्याेग वाणिज्य संघ पाँचथर र जनसेवा समाज लगायतका संस्थाहरुलाइ समेत सम्मान गरिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई कौशिला देवी घिमिरे स्मृती उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार फिदिमका युवा व्यवसायी शुभराज घिमिरेले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरि पुरस्कारको सथपना गरेका हुन् ।
प्रहरी दिवसकै अवसरमा संचालित ब्याडमिन्टन तथा टेबल टेनिस खेलकुद प्रतियोगिताका बिजेता एवं उप बिजेता खेलाडीहरु समेतलाई पुरस्कृत गरिएको थियो ।
फाेटाेफिचर