काठमाडौँ ।सत्ता गठबन्धनले आसन्न निर्वाचनलाई लक्षित गरेर सात वटै प्रदेशहरुमा संयुक्त भेला आयोजना गर्ने भएको छ। गठबन्धनले आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेको हो।
भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।