ताप्लेजुङ । ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको आईएमई मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
गएको असोज १७ गते बिहान ९ बजेर २१ मिनेटमा फुङलिङ नगरपालिका ५ वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट ११ लाख ५५ हजार नगद र सुन गरी झन्डै नौ करोड रुपैयाँ (सुनसहित) लुटिएको थियो ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले फुङलिङ २ का २९ वर्षीय राजायन्द्र पोर्तेललाई त्यही दिन पक्राउ गरेको हो । उनी मुख्य योजनाकार भएको र उनको साथबाट धेरै सामान बरामद भएको ताप्लेजुङका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बताए ।
मुख्य योजनाकार पोर्तेल समातिएपछि प्रहरीले लुटपाटमा संलग्न अन्य दुई जना झापाको शिवसतासी नगरपालिका १ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका १० का २५ वर्षीय मणिराज पोर्तेललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।