पाँचथर । प्रतिनिधि सभाको लागी एक मात्र क्षेत्र रहेको पाँचथरमा प्रतिनिधि सभाको उम्मेद्धारको लागी १५ जनाले उम्मेद्धारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जानकारी दिएको छ ।
आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाबको लागि पाँचथरबाट १५ जनाले उम्मेद्धारी दर्ता गराएका हुन् । प्रतिनिधि सभाको चुनाबको लागी पाँचथरबाट ४ जनाले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् ।
पाँचथरमा प्रतिनिधि सभाको चुनाबको लागि नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङ्देम्बेले सत्तारुढ गठबन्धनको तर्फबाट र पूर्वमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले) का नेता बसन्त कुमार नेम्बाङको पनि उम्मेद्धारी दिएका छन् ।
यस्तै,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयबहादुर योङ्हाङ, राप्रपाका कमल बहादुर चेम्जोङ, नेकपा (माले)का दिनानाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्बाङ, जसपा नेपालका प्रेमराज लावती, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, जन समाजवादी पाटी नेपालका भिमबहादुर तामाङ, राप्रपाका मदन कुमार पोख्रेल र मंगोल नेशनल अर्गनाईजेशनका राजकुमार तुम्रोकले उम्मेद्धारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेद्धारको रुपमा दल बहादुर आङ्देम्बे, बालकृष्ण काफ्ले, लाख बहादुर पालुङ्वा र बिष्टन लावतीले उम्मेद्धारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।